ध्रुव न्यौपाने नेतृत्वको टिमले जोरधारामा यस्ता काम गर्दैछ

कपन अनलाइन\१६ फाल्गुण, २०७१
देशकै सबैभन्दा ठूलो खानेपानीको क्षेत्रमा काम गर्ने संस्थामध्ये एक कपनको जोरधारा खानेपानी संस्थामा भएको नेतृत्व परिवर्तन पछि आएको नयाँ नेतृत्वले उपभोक्तालाई केही परिवर्तन महशुस गराउने प्रयास गरेको छ । कपनको राजनीतिमा लामोसमयदेखि कृयाशिल ध्रुवराज न्यौपाने, टंक सापकोटालगायतका व्यक्तिले नेतृत्व गरेर बनेको नयाँ नेतृत्वले आफ्नो एक महिनाको काम सार्वजनिक गरेको छ । एक महिनामा गरिएको कामको बारेमा आज एक औपचारिक बैठक बसी संस्थाले कामको सार्वजनिक तथा आउँदो महिनाको लागि केही महत्वपूर्ण कार्ययोजना निर्णय गरेको छ ।

1-जोरधारा

संस्थाले लामो समयदेखि सफाई नभएको पानी ट्यांकी तथा पोलिथिनको ट्यांकीलाई पूर्णरुपमा सफा गरेको छ । त्यसै गरी पाइपलाइन सफा गर्ने काम पनि शुरु गरेको छ । पानीलाई रिचार्ज गर्ने प्रकृया शुरु गरिएको छ । त्यसैगरी लामो समयदेखि समस्याग्रस्त विद्युतीय प्रणालीलाई व्यवस्थित गरिएको छ । पानीलाई व्यवस्थित गर्न प्वाइन्टहरुलाई व्यवस्थित तथा ताल्चा लागाउने व्यवस्था गर्न थालिएको छ ।
आज विहान कार्यसमिति, सल्लाहकार समिति, लेखा समिति र अनुगमन समितिको उपस्थितिमा भएको कार्यक्रममा एक महिने कार्यक्रमको बारेमा जानकारी गराउँदै अध्यक्ष न्यौपानेले अबदेखि जोरधाराको कार्यालय बिहान ७ देखि बेलुका ७ बजेसम्म खुल्ने व्यवस्था भएको जानकारी दिए । त्यसैगरी संस्थाको शौचालयलाई व्यवस्थित गर्ने प्रकृया शुरु भएको उनले जानकारी दिए । नयाँ समिति आएपछि फेशबुक एकाउण्टलाई सूचना प्रवाहको माध्यम बनाउन पहल गरिएको बताउँदै न्यौपानेले संस्थाको इमेल एकाउण्ट पनि सार्वजनिक गरेका थिए ।
नयाँ कार्य समितिका दुई सदस्यहरु सविन पन्त र माधव पौडेल अनुपस्थित रहेको बैठकले गत वर्षामा पहिरो गएको जोरधाराको ट्यांकी रहेको स्थानलाई चाँडै निर्माण प्रकृयमा जाने निर्णय गरेको छ । पहिरो गएको क्षेत्रलाई भूगर्भविद्सहितको इन्जिनियर लागत स्टमेट गरिसकेपछि क्षेत्र नं. ४ का सभासदसहित विभिन्न निकायमा यस पहिरो व्यवस्थापन र निर्माणका लागि सहयोग जुटाउन पहल गर्ने निर्णय पनि संस्थाले गरेको छ । त्यसैगरी यसअघि पानीको शुल्क बुझाउँदा ढिलो हुँदा हरेक महिना पर्ने जरिवानालाई परिमार्जन गरी ३ महिनासम्म पानीको शुल्क नतिर्नेको सिधै धारा काटिने व्यवस्था गर्ने निर्णय गरेको छ ।

त्यसैगरी धेरै पानीको समस्या हुने क्षेत्र पहिचान गरी त्यस क्षेत्रमा अनुगमनसहित पानीको पर्याप्त आपूर्तिका लागि सिघ्र व्यवस्था गर्ने निर्णय पनि गरिएको छ । संस्थाले आफूसँग रहेको पूराना तथा फुटेका ट्यांकीहरुलाई सट्टा पट्टा गर्ने निर्णय गर्दै पूराना प्रयागहिन सबै सामानलाई बेचबिखन गर्ने निर्णय गरेको छ । हरेक महिनाको तेस्रो शनिवार अनिवार्य नियमित बैठन बस्ने क्रममा भएको आजको बैठकले विगतमा भएको सप्ताह महायज्ञमा वाग्दान गरेर पैसा नदिनेहरुको नामावली हेरेर पैसा उठाउन पहल गर्ने पनि निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।