बुढानिलकण्ठ नगरपालिकामा नेपाल स्काउटको दीक्षान्त सम्पन्न

बुढानिलकण्ठ नगरपालिकामा नेपाल स्काउटको दीक्षान्त सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,साउन २७/नविना श्रेष्ठ

बुढानिलकण्ठ नगरपालिकामा नेपाल स्काउट नगर समितिको  दीक्षान्त समारोह सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिकाक नगर समितिका  संयोजक गगालाल महर्जन (प्रनेल) को सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भणडारीको आतिथ्यता रहेको थियो।

बुढानिलकण्ठ स्कुलको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख उद्धव प्रसाद खरेल,उपप्रमुख राम देबी राई,तथा शिक्षा शाखा प्रमुख जगन्नाथ उपाधयायलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले दिक्षा दिएका थिए।

सो  कार्यक्रममा बिशेष आतिथ्यहरूमा बागमती प्रदेशका मुख्य सचेतक एंव स्काउटर माननीय दिपक निरौला, नेपाल स्काउट निर्देशक राम प्रसाद भट्टराई, नेपाल स्काउटका प्रदेश सदस्य शिव राम अर्याल, बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, अतिथीमा बुढानिलकण्ठ स्कुलका प्राचार्य होमनाथ आचार्य, गणेश मा •बि चपलि स्कुलका प्राचार्य मिमकाजी श्रेष्ठ,गोकर्णेश्वर नगरपालिकाका संयोजक सुदर्शन बजगाई,टोखा नगरपालिकाका संयोजक नवीन श्रेष्ठ, कीर्तिपुर नगरपालिकाका संयोजक निस्ता महर्जन, लगायतको उपस्थिति   रहेको थियो।

नगरका उपप्रमुख तथा स्थानीय स्काउट प्रमुख रमा देबी राईले नेपालमा स्काउट जन्मउने जन्मदाता लड वेडेन पावलको केहि जीवनी प्रस्तुत गर्दै २०५० साल देखी स्काउट सञ्चालन भएको संस्थामा आफू पनि स्काउटमा जोडिएको अनुभव सुनाएकी थिइन् ।

स्थानीय संरक्षक नगर प्रमुख उद्धव प्रसाद खरेलले अनुशासित भई समाजमा सेवा गर्दै आएको स्काउटले   बुढानिलकण्ठ नगरपालिकामा अबका दिनहरुमा  दिक्षीत हुनुभएका स्काउटरहरुसगं समन्वय गरी यात्रा अगाडी बढाउने बाचा गरेका थिए ।

कार्यक्रमका प्रमुख आतिथि  नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले बुढानिलकण्ठ नगरपालिकाका संरक्षक, प्रमुख स्थानीय समितिका सदस्य सम्पुर्णमा शुभकामना व्यक्त गर्दै सांस्कृतिकले भरिएको बुढानिलकण्ठमा स्काउटको भुमिका राम्रो हुने विश्वास व्यक्त गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।