विधान अधिवेसनको तयारीमा जुट्यो नेकपा एमाले काठमाण्डौ
कपन अनलाइन
काठमाण्डौ ,साउन २७।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी यहि भाद्र २६ र २७ गते हुने नेकपा एमालेको विधान अधिवेसनको तयारीमा जुटेको छ। काठमाण्डौ जिल्लामा सदस्यता नविकरण,वितरण र संगठन विस्तारको अभियानलाई तीव्रता दिएको जिल्ला कमिटीले काठमाण्डौका ११ वटै स्थानीय तहका कमिटीहरुको बैठक सम्पन्न गरे संगै विधान अधिवेसनका लागि प्रस्ताव गरिएका मस्यौदाहरु माथि छलफलम शुरु गरेको हो।
साउन २६ गते नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको कार्यालयमा भएको नगर कमिटी अध्यक्षहरु संगको बैठकमा जिल्ला अध्यक्ष कृष्ण राईले सबै कमिटीहरुले विधानको मस्यौदाका वारेमा हरेक नगरमा छलफल चलाएर एक हप्ता भित्र लिखित सुझाव दिनका लागि निर्देशन दिएका थिए।
काठमाण्डौ जिल्लाका सबै नगर कमिटीलाई पूर्णता दिए संगै १३८ वटै वडा कमिटीको बैठक राख्दै कमिटीलाई पूर्णता दिन निर्देशन दिदै अध्यक्ष राईले प्रस्तावित विधान र अन्य प्रतिवेदनहरुका वारेमा पार्टी सदस्य, नेता तथा कार्यकर्ताहरुका माझमा सघन छलफल गर्नका लागि नगर अध्यक्षहरुलाई निर्देशन दिएका थिए।