बुढानीलकण्ठ नगरपालिकामा पहिलो दिन २,७४४ जनाले कोभिशिल्ड खोप लगाए , आज कहाँ छन केन्द्र ?
कपन अनलाइन
काठमाण्डौ ,साउन २६ ।
बुढानीलकण्ठ नगरपालिकामा पनि आजबाट शुरु भएको खोप कार्यक्रमको पहिलो दिनमा २,७४४ जनाले उक्त खोपको दोस्रो मात्रा लगाएका छन्।
बुढानीलकण्ठ नगरपालिकाद्वारा तोकेको चार खोप केन्द्रहरुमा गरि आजमात्र कुल २,७४४ जनाले कोभिशिल्ड एस्ट्राजेनिकाको दोस्रो मात्रा प्राप्त गर्नेमा १,४४१ जना पुरुष र १,३०३ जना महिला रहेका छन्।
साउन २५ गते बुढानिलकण्ठ नगरपालिकाका ६५ वर्ष तथा सो भन्दा माथिका उमेरका २,२७८,स्वास्थ्यकर्मि, सुरक्षाकरमी तथा सरसफाई तथा फोहोरमैलाका कर्मचारीहरु १०६ र अन्य दोस्रो मात्रा लगाउन अत्यावश्यक रहेकाहरु ३६० जनाले सेवा लिएका छन।
खोप केन्द्रहरुः
१. श्री गणेश मा.वि (गणेश चोक वडा नं. २)
२. श्री महाकाल स्वास्थ्य चौकी (गोल्फुटार, वडा नं.८)
३. श्री बालउद्धार मा.वि. (कपन बेख, वडा नं. १०)
४. श्री नेपाल चार्टर स्कुल (मनकामना मन्दिर वडा नं. १०)
कोभिशिल्ड खोपको दोस्रो मात्रा आज श्रावण २६ गते पनि केन्द्रहरुमा बिहान १०ः३० देखि ४ बजे सम्म लगाउन सकिने छ ।