गोकर्णेश्वर नगरपालिका वडा नं ३ ब्रम्हडोल गाम्चामा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं ३ ब्रम्हडोल गाम्चामा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौँ, श्रावण २४ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ ब्रम्हडोलमा सुरक्षित  बसौ सचेत रहौ, कोरोना महामारीलाइ परास्त गरौ, भन्ने मूल नाराको साथमा  शनिबार  बृहत स्वास्थ्य शिबिर कार्यक्रम  सम्पन्न गरिएको छ ।

समुन्नत जालपादेबी युवा क्लब, कोरोना रोकथाम व्यवस्थापन तथा असर न्यूनीकरण युवा समूह, नयाँबस्ति बस्ति टोल सुधार समिति गाम्चा, राष्ट्रिय युवा परिषद काठमाडौं, श्री कुमारी गाम्चा युवा क्लब र नमुना बस्ति टोल सुधार समितिको संयुक्त आयोजनामा शनिबार  गोकर्णेश्वर नगरपालिका वडा नं ३ ब्रम्हडोल गाम्चा स्थित श्री ग्रामसुधार आधारभूत बिध्यालयमा  बिहान ९ बजे देखि अपरान्ह ३ बजे सम्म  संचालित उक्त निशुल्क बृहत  स्वास्थ्य शिबिरमा  ४५०जनाले स्वास्थ्य परिक्षण गरिएको कार्यक्रम संयोजक सुजन पौडेलले कपन अनलाइनलाइ जानकारी गराए ।

कार्यक्रममा  प्रतिनिधि सभा सदस्य कृष्ण राइ, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी वडा सदस्य लक्ष्मी भण्डारी लगाएत आयोजक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य शिबिरमा   निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क आँखा जांच, दन्त परिक्षण, मधुमेह परिक्षण, गरिनुको साथै नि:शुल्क औषधि वितरण गरिएको थियो भने भने सोहि कार्यक्रममा कोरोना समबन्धी जनचेतना सहित  मास्क स्यानीटाईजर् समेत  वितरण गरिएको थियो ।कोरोना महामारीको कारण स्वास्थ्यमा समस्या भए पनि डरका कारण अस्पताल सम्म पुग्न नसकेका हरुलाई लक्षित गर्दै कार्यक्रम आयोजन गरेको आयोजकले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।