चन्द्रागिरि–२ नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जना पक्राउ

चन्द्रागिरि–२ नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेको बताइएको छ ।

उनको साथबाट ४१२ ग्राम यार्सागुम्बा र ६५० ग्राम सिलाजित तथा १०० ग्राम रातो केशरीजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । काँकडभिट्टाबाट काठमार्डौँ आउँदै गरेको ना७ख २१११ नंको बसलाई नागढुङ्गामा जाँच गर्ने क्रममा झोलाभित्र लुकाई ल्याएको उक्त जडीबुटी फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।