महानगरीय प्रहरी वृत्त महाराजगंजले खैरो हिरोइन सहित २ जनालाई पक्राउ गर्यो

महानगरीय प्रहरी वृत्त महाराजगंजले खैरो हिरोइन सहित २ जनालाई पक्राउ गर्यो

कपन अनलाइन

काठमाण्डौ ,साउन २३।

महानगरीय प्रहरी वृत्त महाराजगंजले प्रतिबन्धित लागूऔषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन् ।

काठमाडौं वडा नं ३ धारापाटीस्थित सुरज राजभण्डारीको घरको भुइँ तलामा डेरा गरी बस्ने सुवास बराल र मोविन जोलाहाले  खैरो हिरोइन बेचविखन गरिरहेको भन्ने सूचानाका आधारमा वृत्त महाराजगंजको विशेष टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो ।

प्रहरीले लागूऔषध २० ग्राम, लागूऔषध जोख्ने तराजु १ थान, मोबाइल ३ थान, नेपाली रुपैयाँ ८२ हजार, भारतीय ५०० दरको ९ हजार फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन  । उनीहरुलाई वृत्त महाराजगंजबाट लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

तपाइँको प्रतिक्रिया ।