हत्या भएको १७ वर्ष २२ दिन पछी सहिद भरत ढुंगानाको काजक्रिया गरियो

हत्या भएको १७ वर्ष २२ दिन पछी सहिद भरत ढुंगानाको काजक्रिया गरियो

कपन अनलाइन

काठमाण्डौ ,साउन २३ /मनिता रेग्मी

नुवाकोटका जिल्ला विकास समितिका पुर्व सभापति तथा जनयुद्धका  सहिद भरत ढुंगानाको १७ वर्ष पछि काज क्रिया  गरिएको  छ।
ढुंगानाको हत्या भएको १७ वर्ष २२ दिन पछि ढुंगानाका २ छोराहरुले हिजो शुक्रबार बाट पशुपतिको वनकाली स्थित कृयापुत्री भवनमा काज  क्रिया  सुरु गरेका हुन्  ।
सहिद भरत ढुंगाना नुवाकोट जिल्ला जिलिङ गाविस वडा न• ४ का एक सामान्य किसान परिवामा २०२२ साल माघ १९ गते जन्मिएका थिए। नुवाकोट जिल्लाका अत्यान्तै स्थपित एवम् लोकप्रिय नेता तथा तत्कालीन नेकपा माओवादिका उपक्षेत्रीय व्युरो सदस्य तथा संयुक्त क्रान्तिकारी जनपरिषद्का उपक्षेत्रीय व्युरो सदस्य भारत ढुंगानाको २०६१ असार ३१ गते तत्कालिन  शाही सेनाले  अत्यन्तै अमानवीय ढंगबाट हत्या गरेको  थियो।
राजनीति प्रवेश गरे लगत्तै २०३६ सालमा अनेरास्ववियु नुवाकोटका जिल्ला सचिव भएर तत्कालीन वाम विद्यर्थि आन्दोलनको नेतृत्व गर्नुभएका ढुंगाना २०४२ सालमा तत्कालीन नेकपा(माले)संगठित भएका थिए भने सोहि पार्टिका तर्फबाट २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी भएका थिए र सोही अभियोगमा जेल समेत परेका थिए।
२०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेस  र पुर्व पन्चहरुलाई  पछार्दै एमालेको तर्फबाट गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचित हुनुभएका ढुंगाना २०५४ सालमा स्थानिय निर्वाचनका नुवाकोटको जिल्ला विकास समितिको सभापति पदमा भारी मतले विजयी हुनुभएको थियो।उनले  करिब ४ वर्ष नुवाकोट जिविसको सभापतिका रुपमा काम गरेका थिए ।
तर जनबादी क्रान्तिको सपना देखेर बाम राजनीतिमा होमिएका  ढुंगानालाई संसदीय  राजनीति मन परेन र उनि २०५८ सालको असोजको पहिलो साता जनयुद्धरत माओवादीमा  प्रवेश गरेका थिए।
सहिद भारत ढुंगाना संविधान सभाको प्रचार अभियान लिएर धदिङ हुँदै गोर्खा तिर जाने क्रममा धादिंग  गुम्दी गविस-५ मा साथिलाइ भेट्न साथिको घर गएका बेला तत्कालीन शाही सेनाले  गिरफ्तार गरी  लगेका थिए ।
तपाइँको प्रतिक्रिया ।