किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने

किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता  बने

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषणा भएका हुन् । उनी टिम प्रमोद खरेलबाट विजयी भएका छन् ।

टीम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका आर्यन तामाङ, टीम तृष्णा गुरुङका ज्वाला राई भने टप फोरमा मात्र अटाउन सकेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।