माओवादी लचिलो हुने निर्णयपछी संविधान जारी हुने संकेत

१४ जेठ, काठमाडौ । बालुवाटारमा बसेको एकिकृत नेकपा (माओवादी)को स्थायी समिति बैठकले सहमति जुटाउन राज्य पुन:संरचनाका विषयमा आफूहरु लचिलो हुने निर्णय गरेको छ । यस निर्णयसँगै संविधानको मुख्य विवादित विषयमा टुङ्गो लाग्ने र संवीधान जारी हुने सम्भावना बलियो बनेको छ ।

जातीय पहिचानको पक्षमा माओवादी लचिलो हुने संकेतपछी केही आशाका किरण देखिएको छ । एकल पहिचानको पक्षमा अडान लिँदै आएको माओवादीले कांग्रेस-एमालेको बहुपहिचानसहितको राज्य पुन:संरचनामा सहमति गर्न सक्ने स्रोतले बताएको छ । माओवादी कति सम्म लचिलो हुने भन्नेबारे पूर्ण जानकारी नभएपनि जातीय पहिचानका सम्बन्धमा माओवादीले केही लचिलो रुपमा प्रस्तुत हुने भएको बुझिएको छ ।
तपाइँको प्रतिक्रिया ।