माकलबारी बागमती करिडोरमा लायन्स क्लबको सरसफाई तथा वृक्षारोपण

माकलबारी बागमती करिडोरमा लायन्स क्लबको सरसफाई तथा वृक्षारोपण

कपन अनलाइन

काठमाडौं, श्रावण २३ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं रोयल हिमालयन र लायन्स क्लब अफ काठमाडौं माकलबारी द्वारा संयुक्त रुपमा आयोजित वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका माकलबारी बागमती करिडोरस्थित लायन्स प्रतिक्षालय वरपर सरसफाई , वृक्षारोपण गर्नुको साथै बिगतमा रोपेको बिरुवामा मलजल र गोडमेल  कार्यक्रम सम्पन्न भएको हो  ।हरियाली प्रवर्द्धन गर्ने उदेश्यका साथ  आयोजित उक्त कार्यक्रममा  पुर्व डिस्ट्रिक गभर्नर टंक बहादुर श्रेष्ठ,  फर्स्ट भाइस  डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ ,जोन चियरपर्सन लायन भिष्म बिक्रम रायमाझी, लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट लायन रोशन बाबु श्रेष्ठ, लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

करिडोर क्षेत्रलाई हरियाली बनाइ तथा वातावरण संरक्षणमा टेवा पुगोस् र रुख बिरुवाले प्रदान गर्ने अक्सिजन मानिसको जीवनसँग जोडिएको भएकाले प्रत्येक नागरिकले विरुवा रोप्ने बानीको विकास होस भन्ने उद्देश्य सहित बागमती करिडोरको सौन्दर्य बढाउन पनि  सौन्दर्य प्रजातिका करिब ५० वटा बिरुवा वृक्षारोपण गरिएको कार्यक्रम संयोजक लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट लायन रोशनबाबु श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।

वातावरण संरक्षणको लागि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ ए१ले बिभिन्न कार्यक्रम गर्दै आएको छ । सोहि अनुरुप डिस्ट्रिक अन्तर्गत रहेका क्लबले वृक्षारोपण, सरसफाई लगायतको कार्यलाई प्राथमिकताको साथमा अगाडी बढाईरहेको जोन चियरपर्सन लायन भिष्म बिक्रम रायमाझीले बताएका छन । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले रोपेका बिरुवाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।