अस्ट्राजेनिका खोप अभियान सम्बन्धी स्वास्थ्य मन्त्रलयको सार्वजनिक सुचना

अस्ट्राजेनिका खोप अभियान सम्बन्धी स्वास्थ्य मन्त्रलयको सार्वजनिक  सुचना

कपन अनलाइन

काठमाडौं, श्रावण २३ । नेपाल सरकार स्वास्थ्य मन्त्रलयले कोभिड-१९ बिरुद्द अस्ट्राजेनिका खोप अभियान सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ। उक्त सुचनामा २०७८ साल श्रावण २२ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव स्तरीय निर्णय अनुसार तपसिल अनुसार कोभिड-१९ बिरुद्द अस्ट्राजेनिका खोप अभियान संचालन गर्न गराउन अनुरोध गरिएको छ।

१) भुटान सरकार र जापान सरकारबाट कोभ्याक्स सुबिधा मार्फत अनुदान स्वरुप प्राप्त हुने क्रमश २ लाख ३० हजार र १६ लाख मात्रा अस्ट्राजेनिका खोप प्रयोग गर्ने सन्धर्भमा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ बर्ष र सो भन्दा माथिका तथा अन्य सहित करिब १४ लाख ब्यक्तिहरुलाई सो खोपको दोस्रो खोप दिने गरि २०७८ साल श्रावण २५ गते देखि  सबै प्रदेशमा क्रमश खोप अभियान संचालन गर्दै जाने उल्लेख गरिएको छ ।

 २) कोभिशिल्ड खोप पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतीक्षामा रहेको ब्यक्तिहरुलाई अस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिई बाँकी रहेको उक्त खोप बैदेशिक रोजगारी अध्ययन र  अन्य प्रयोजनका लागि बिधेश जाने ब्यक्ति तथा मृगौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने र गरेका ब्यक्ति ,अंग प्रत्यारोपण गरेका ब्यक्ति तथा अबुर्द रोगका बिरामी लगायतका ब्यक्तिहरुलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरि खोप उपलब्ध भए सम्म संस्थागत निर्णय गरि प्रदान गर्ने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।