खसीकाे मासु भनेर बाख्राको मासु बेच्ने गिरोह पक्राउ

खसीकाे मासु  भनेर बाख्राको  मासु  बेच्ने गिरोह पक्राउ

कपन अनलाइन 

काठमाडौं, श्रावण २३ ।प्रहरीले खसीकाे मासु भन्नेर बाख्राकाे मासु काटेर मिसाई बेच्ने गिराेहलाई पक्राउ गर्न सफल भएकाे छ । जिऊदो खसीबेच्ने प्रायोजनार्थ राखेको खसी पसलमा खसीको मासु संगै बाख्री पनि काटी बाख्रीको मासु बाख्री भनी पहिचान खुल्ने अङ्गहरु लुकाई खसिको मासुमा मिसाई खसीकै मासु हो भनी बेच्ने गरेको भन्ने विषेष सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीले कलंकी १४ खसीबजारबाट चार जनालाई पक्राउ गरेको गरेकाे हाे ।

महानगरीय प्रहरी वृत्त कालिमाटी प्रमुख डिएसपी अपिलराज बाेहाेराले भारत विहारका ६७ वर्षीय गुलामरसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसीलाई पक्राउ गरेको बताए । डिएसपी बाेहाेराका अनुसार गुलामरसोलले जिउँदो खसी बेच्न राखेको पसलमा बाख्राको मासु बेचेको पाइएको अनुसन्धानबाट खुल्न आएकाे छ , उनीहरूले बाख्राको पहिचान खुल्ने अंगहरू लुकाएर खसीको मासुमा मिसाएर खेच्ने गरेको पाईएकाे छ । प्रहरी टोलीले उनीहरूलाई बिक्री वितरण गर्नको लागेको १५ वटा बाख्रा बरामद गरेको छ। साथै दुई वटा बाख्रीको मासु बेच्नको लागि तयारी अवस्थामा राखिएको थियो।
तपाइँको प्रतिक्रिया ।