बुढानिलकण्ठ ११ का विकास योजनाहरुको अनुगमनमा नगर प्रमुख उद्दब खरेल
कपन अनलाइन
काठमाडौँ, श्रावण २२ । बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल सहितको टोलीले बिहिबार वडानं ११मा भए गरेका विकास निर्माणको स्थलगत निरीक्षण गरेका छन। प्रमुख खरेलले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ भित्र भईरहेका विकास निर्माण अन्तर्गत आनिगुम्बा डुबान क्षेत्रमा ढल मंगल र ग्राबेल बिछ्याउने कार्यको स्थलगत निरीक्षण गर्नुको साथै स्थानीय संग छलफल समेत गरेका छन ।
अनुगमनमा नगर प्रमुख खरेल सहित बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी, वडा सदस्य बिमल लामा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । पटक पटक डुबानको समस्या हुने आनीगुम्बा क्षेत्रमा भईरहेका ढल मंगल र ग्राबेल बिछ्याउने कार्यको निरीक्षण गर्नुको साथै बिकासका कामहरु गुणस्तरिय र दिगो हुनुपर्ने बताउदै आएका नगर प्रमुख खरेलले स्थानीय संग छलफल समेत गरेका थिए।
नगरमा सुशासन कायम गर्ने अभियानका साथ साथै विकास निर्माणलाइ गति दिनका लागि उनि अहिले नगरका बिभिन्न वडामा भइरहेका विकास निर्माणको गतिबिधि नियाल्दै आएका छन।निर्वाचन दौरानमा जनता संग गरेको प्रतिबद्धतालाइ पुरा गर्नको लागि आफ्नो टिम लागिरहेको बताउने नगर प्रमुख खरेलले आफ्नो पांच बर्षे कार्यकालको दौरान चार वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित हुदै समय समयमा जनताको माझमा पुगी गुनासो समेत सुन्दै आएका छन।