कागेश्वरी मनोहरा नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो

कागेश्वरी मनोहरा नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो

कपन अनलाइन

काठमाडौं, श्रावण २१ । कागेश्वरी मनोहरा नगरपालिकाले कोभिड १९ बिरुद्द खोप सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रवक्ता राजाराम पुडासैनीले जारी गरेको सुचनामा  २०७८ साल श्रावण २२ गते देखि २०७८ साल श्रावण २४ गते सम्म  बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म नगरपालिका भित्र बसोबास गर्ने भेरोसेल खोपको पहिलो मात्र लगाई २१ दिन  पुरा भएका व्यक्तिलाई सो खोपको दोस्रो मात्रा लगाइने हुँदा पहिलो खोप लगाएको कार्ड सहित आफुलाई पायक पर्ने निम्न खोप केन्द्रमा गइ दोस्रो मात्रा लगाउनको लागि अनुरोध गरिएको छ ।

खोप् केन्द्रहरु:

१ गागलफेदी स्वास्थ्य चौकी वडा नं १

२ आलापोट स्वास्थ्य चौकी वडा नं २

३ भद्रबास स्वास्थ्यचौकी वडा नं ३

४ शहरी स्वास्थ्य केन्द्र वडा नं ४

५ डाँछी स्वास्थ्य चौकी वडा नं ५

६ मुलपानी नगर अस्पताल वडा नं ६

७ शहरी स्वास्थ्य केन्द्र वडा नं ७

८ शहरी स्वास्थ्य केन्द्र वडा नं  ८

९ गोठाटार स्वास्थ्य चौकी वडा नं ९

तपाइँको प्रतिक्रिया ।