चावहिलको हेल्दी स्माइल ओमकार डेन्टल होममा कार्यरत दुईजना भारतीय र एक नेपाली नागरिक पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,साउन १८।
काठमाण्डौ चावहिलमा रहेको हेल्दी स्माइल ओमकार डेन्टल होम प्रालिमा कार्यरत दुईजना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन।
नेपाल मेडिकल काउन्सिलबाट अनुमति नलिई बिरामीहरूको शल्यचिकित्सा गर्नेजस्ता काम गरेको भन्ने उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूले पक्राउ गरेको हो ।
भारतीय नागरिक सौरभ कुमार, डा.रावेतरन्जन कुमार ठाकुर र उक्त डेन्टल होमका सञ्चालक राधाकृष्ण तामाङलाई पक्राउ गरेको प्रहरीले बिना इजाजत बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेकाले उनीहरूलाई कारवाहीका लागि नियन्त्रणमा लिएको बताएको छ।
तपाइँको प्रतिक्रिया ।