हेलम्बु चनौटेको रातो पुल बाढीले बगायो,आवागमन अवरुद्ध

हेलम्बु चनौटेको रातो पुल बाढीले बगायो,आवागमन अवरुद्ध

कपन अनलाइन

सिन्धुपाल्चोक ,साउन १७।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका चनौटे बजारमा रहेको रातो पुल बाढीले बगाएको छ। सो क्षेत्रको लाइफ लाइन मानिने सो पुल रातभर आएको बाढीले बगाउदा स्थानीयहरु निकै समस्यामा परेका छन।

सो क्षेत्रका धेरै भौतिक संरचनामा क्षेती पुग्दा पनि बचेको सो पुलका कारण खोला वारिपारी आवतजावत गर्न सहज भएकोमा आजको बाढी पश्चात पूर्ण रुपमा यातायात बन्द भएको छ।

जिल्लाको नामकरण भएको पाल्चोक मन्दिर, हेलम्बु ,शेर्माथान ,क्युल लगायतका स्थानहरुमा यातायात र आवतजावतका लागि निकै महत्वपूर्ण मानिने सो पुलको संरक्षण गर्न स्थानीयहरुले अथक प्रयास गरे पनि अन्तत असफल बनेका छन ।

तपाइँको प्रतिक्रिया ।