गन्तव्य : बिक्रम श्रेष्ठ ‘सागर’ ( लघुकथा )

गन्तव्य : बिक्रम श्रेष्ठ ‘सागर’ ( लघुकथा )

कपन अनलाइन

काठमाण्डौ,साउन १६ ।

कोठामा एउटा टेबुल, एक शोफा र दुई कुर्सीहरु अगल बगल आप्mनो स्थानमा सजिएका थिए । व्यक्ति आफ्नो हातको चुरोट बिस्तारै ओठ सम्म पु¥याई भए भरको ताकतले सर्को लगाउदै थियो । लाग्छ उ आफ्नो छातीको सम्पुर्ण छिद्रहरु त्यहि चुरोटको धुवाँले भर्न चाहन्थ्यो तर अपशोच उसको त्यो असफल प्रयास व्यर्थै गइरहेको थियो । कोठा चुरोटको धुवाँले भरिएको थियो ।
निरन्तर असफल प्रयासले चुरोटको धुवाँ तान्न उ क्रमश असमर्थ हुदै गईरहेको अवस्थामा बन्द कोठा भित्र टक टकको आवाजले भयभीत हुदै, त्रसित आवाजमा को हँ ? को हो ? प्रतिउत्तर मौन थियो । त्यो स्तब्ध मौनतामा आफ्नै मुटुको धड्कन ढक ढक गरी ढक्ढकाइरहेको थियो । धडकन तिब्र हुदै थियो । आशंकामा मन ससंकित हुदै थियो । मौनतामा नै भारी भैरहेको भारी भरकस मनलाई बोकी बिस्तारै कुर्सीबाट उठ्दै ढोका छेउ पुग्छ र सुस्तरी हात ढोका तर्फ बढाउछ । ढोका खुल्छ । देख्दा कालो कपडामा कालै अनुहार भएको अजङ्गको बनावट भयानक तर मानव झै लाग्ने अपरिचित ठिङ्ग उभिएको थियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।