कार्यतालिका तिमी : मञ्जुश्री प्रधान के सी ‘रानु’ (कविता )
कपन अनलाइन
काठमाण्डौ,साउन १६ ।
निन्द्रामा होस या बिउझी रहँदा
चिया पिउदाको क्षण होस वा बिहानी खाजा खाँदा
चियाको तातो वाफसँगै पानीको व्यग्लै स्वाद सँगै
म तिम्रो सम्झनामा रूमल्लिन पुग्छु
तिम्रो न्यानो सम्झनामा बाफिएको हुन्छु
प्रातः भ्रमणमा डुल्दा होस् वा
साँझको दोबाटोमा हिड्दा
तिम्रो साथको तिब्र आबश्यकता हुन्छ
बिहानै ताजा पत्रिका पढ्दा पत्रिकामा
म तिम्रो मुहार पढी रहेको हुन्छु
कार्यालयमा व्यस्त रहेको क्षण
तिम्रो सम्झना धेरै नै आइरहन्छ
तिम्रो सम्झना मेरो मुटुमा सुटुक्क चोर झै पस्छ
कथा लेख्न बस्दा होस् वा कविता लेख्दा
हरफ हरफ होस् वा पंक्ति–पंक्तिमा
तिम्रो उपस्थितीको आभास हुन्छ
मेरो प्रीय तिम्रो सम्झना मेरो मुटुको पाना भरीभरी
अविरल बगि रहन्छ बगि रहन्छ
बगेर मेरो जीवनको कार्य तालिका बन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।