बुढानीलकण्ठ नगरपालिकामा आज बाट भेरोसेल खोप लगाइदै ,कहाँ छ खोप केन्द्र ?

बुढानीलकण्ठ नगरपालिकामा आज बाट भेरोसेल खोप लगाइदै ,कहाँ छ खोप केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ ,साउन १५।

आज  बुढानीलकण्ठ नगरपालिका भित्रका ४५ वर्ष भन्दा माथिका तथा अन्य वैदेशिक रोजगारीका लागि जाने व्यक्तिहरु लगायतकाहरुलाई कोभिड विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइदै छ ।

कोभिड १९ रोगको नियन्त्रण र व्यवस्थापनको लागि नेपाल सरकारद्वारा लक्षित समुह निर्धारण गरि ४५ वर्ष माथिका नागरिक र अन्य तोकिएका लक्षित समुहलाई श्रावण १५ र  १६ गते  (दुई दिन) बिहान १०:३० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।

नगरपालिकाभित्रका लागि खोप लगाउने केन्द्रहरु यस प्रकारका रहेका छन्ः

१. चपली भद्रकाली स्वास्थ्य चौकीः  वडा नं १ र ३

२. बूढानीलकण्ठ स्वास्थ्य चौकीः वडा नं ३ र ४

३. शहरी स्वास्थ्य केन्द्र, विष्णुमतीः वडा नं ५

४. खड्का भद्रकाली स्वास्थ्य चौकीः वडा नं ६ र ७

५. महांकाल स्वास्थ्य चौकीः वडा नं ८ र ९

६. पायोनियर स्कुल, कपनः वडा नं १० र १२

७. कपन स्वास्थ्य चौकीः वडा नं ११

८. चुनिखेल स्वास्थ्य चौकीः वडा नं १३

खोप लगाउने लक्षित समुहः 

१. ४५ वर्ष भन्दा माथि उमेर समुहका यस अघि पहिलो मात्रा खोप नलगाएका तथा लगाउन छुटेका र बाँकी रहेका बूढानीलकण्ठ नगरपालिकामा स्थायी तथा अस्थायी रुपमा बसोबास नागरिकहरुका लागि मात्र।

 

 

तपाइँको प्रतिक्रिया ।