नारायण गोपाल चोकमा पूर्वयुवराज पारश शाहको लफडा

कपन अनलाइन

काठमाण्डौ,साउन १६ ।

पूर्वयुवराज पारश शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् ।

मादक पदार्थसमेत सेवन गरेर हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकका थिए । उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेका थिए  ।

प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।