कागेश्वरी मनाेहरा नगरपालिकाको आम्दानी र खर्च बिवरण सार्वजनिक
कपन अनलाइन
काठमाडौं श्रावण १२।कागेश्वरी मनाेहरा नगरपालिकाले आर्थिक वर्ष २०७७ साल श्रावण १ गते देखि २०७८ साल अषाढ ३१ गते सम्मको आम्दानी र खर्च बिवरण सार्वजनिक गरेको छ । नगर प्रमुख कृष्णहरि थापाले उक्त बिवरण सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन। उनले सार्वजनिक गरेको बिवरण अनुसार कागेश्वरी मनाेहरा नगरपालिकाको आर्थिक वर्ष २०७७ साल श्रावण १ गते देखि २०७८ साल अषाढ ३१ गते सम्मको आम्दानी र खर्च बिवरण निम्न रहेको छ ।
कुल आम्दानी – १ अरब ९१ कराेड ३ लाख २ हजार ३ सय ९० पैसा ९९ रहेको छ भने चालू खर्च – ४१ कराेड ७८ लाख २४ हजार ८ सय पैसा ९१ पैसा ६५ जसको प्रगती ८७. ३० प्रतिशत रहेको उल्लेख गरेका छन । त्यसैगरि ।जम्मा पुजिगत खर्च – ९९ कराेड ७२ लाख १२ हजार ५ सय ३८ पैसा ५६ रहेको छ जसको प्रगती ७६.९२ प्रतिशत रहेको उल्लेख गरेका छन । त्यसैगरि जम्मा खर्च – १ अरब ४१ कराेड ५० लाख ३७ हजार ४ सय ३० पैसा २१ रहेको छ भने नगरपालिकामा फ्रिज भएको रकम ५ कराेड ८ लाख ३० हजार ९ सय ८२ पैसा २८ रहेको जनाएका छन । उनले संस्थागत शेयर लगानी – ४९ लाख १२ हजार ५०० रहेको र नगद माैजदात – ४३ कराेड ९५ लाख २१ हजार ४ सय ७८ पैसा ५० रहेको उल्लेख गरेका छन।
तपाइँको प्रतिक्रिया ।