मनोहरा जेसिज र जन सुरक्षा कृषि सहकारी संस्था लिमिटेड द्वारा संयुक्त रुपमा आयोजित वृक्षारोपण सम्पन्न

मनोहरा जेसिज र जन सुरक्षा कृषि सहकारी संस्था लिमिटेड द्वारा संयुक्त रुपमा आयोजित वृक्षारोपण सम्पन्न

कपन अनलाईन

काठमाडौं, श्रावण ११। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ। मनोहरा जेसिज र जन सुरक्षा कृषि सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा आज बिहान उक्त स्थानमा वृक्षारोपण गरिएको हो। हरियाली प्रवर्धन तथा रमणीय बनाउने उदेश्य सहित  लागि धार्मिक पर्यटकीय स्थल कागेश्वरी धाम क्षेत्रमा करिब ११० वटा बिभिन्न प्रजातिका बिरुवा  वृक्षारोपण गरिएको  मनोहरा जेसिजका वर्ष २०२१का अध्यक्ष सागर रोक्काले कपन अनलाइनलाइ जानकारी गराए ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि जलवायु परिवर्तनका असर न्यूनीकरण तथा पर्यावरणीय संरक्षण गर्दै बातावरण सन्तुलन कायम राख्न पनि वृक्षारोपण गर्नु आवश्यक भएको हुँदा जेसिजले वृक्षारोपण कार्यलाई  प्राथमिकतामा राख्दै आएको बताएका छन ।

रोपेको विरुवा संरक्षणमा स्थानीयको सहयोग आवश्यक हुने भएकोले बिरुवा संरक्षणमा सहयोग गर्न समेत उनले सबैलाई  अनुरोध गरेका छन  । कार्यक्रममा  मनोहरा जेसिजका पदाधिकारी सहित जन सुरक्षा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अमित ब्रम्हशाखा सहित सस्थाका पदाधिकारी सहितको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।