Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/217674069_950210348886417_6181626679423537147_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/219004447_180025754120506_5126462002634309768_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका भित्र रहेका कारखानाका बालबालिकाहरुलाई खाद्यान्न वितरण

कपन अनलाइन
काठमाडौँ, श्रावण ११ । गोकर्णेश्वर नगरपालिकामा बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको छ। बाल विकास समाज र विश्व शिक्षाको सहयोग तथा गोकर्णेश्वर नगरपालिकाको समन्वयमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, ६ र ७ मा रहेका गँलैचा कारखानामा रहेका ५१ जना बालबालिकाहरुलाई आइतबार छिमेकि पार्टी प्यालेसमा नगर उप प्रमुख शान्ती नेपाल र बाल विकास समाजका अध्यक्ष सुवास गौतमको उपस्थितिमा खाद्यान्न सामग्री वितरण गरिएको हो ।

प्रति बालबालिकाका लागि खाद्यान्न सामग्री ३० केजी चामल, ३ केजी दाल, २ केजी नुन, २ लिटर तेल, २ केजी चिनी र ४ वटा हातधुने साबुन प्रदान गरिएको थियो।बाल विकास समाजले गोकर्णेश्वर नगरपालिकासँग बालश्रम न्यूनिकरणका लागि समन्वय गरी सक्रिय परियोजना सञ्चालन गरिरहेको छ । खाद्यान्न वितरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख शान्ती नेपालले बालश्रम प्रयोग गरेको पाइएमा कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने बताउदै कोभिडको विषम अवस्थामा संस्थाले बालबालिकाहरुलाई खाद्यान्न उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद दिएकी थिइन् ।

कार्यक्रममा बोल्दै बाल विकास समाजका संस्थाका अध्यक्ष सुवास गौतमले बालश्रम अन्त्यका लागि संस्था सधै लागिरहेको र सोही अनुसार स्थानीय सरकारसँग सँग सँगै रहेर काम गरिरहेको बताएका थिए । संस्थाका कर्मचारी गोविन्द विकले खाद्यान्न वितरण कार्यक्रमको बारेमा प्रष्ट पार्दै आगामी दिनमा पनि बालबालिकाहरुलाई यस किसिमको सहयोग गर्ने योजना रहेको बताएका थिए ।कार्यक्रमको समन्वय स्थानीय समाजसेवी सन्जय आचार्यले गरेका थिए भने कार्यक्रममा संस्थाका कर्मचारी मनिका भुजेल, आस्मा बस्नेत तथा समुदायमा आधारित संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी, समाजसेवी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।