काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप

कपन अनलाइन

काठमाण्डौ ,साउन १० ।

नेपालमा कोरोना संक्रमण लकडाउन खुकुलो गरेसँगै बढेको आकलन निकाल्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आईतबार रातीबाटै सकिनेभएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको छ ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।