Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/216165709_929353200955479_6278526265255975854_n-1-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/217259194_1139138303258484_6007320334641175326_n-1024x485.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ लाई मायादया क्लिनिक भवन हस्तान्तरण

कपन अनलाइन

काठमाण्डौ ,साउन १०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ लाई मायादया क्लिनिक भवन हस्तान्तरण गरिएको छ। २०४८ शालमा स्थापना भएर तिस वर्ष सम्म निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको सो क्लिनिक भवन वडा नं ११ मा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको प्रमुख आतिथ्यता र वडा नं ११ का अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको सो  कार्यक्रममा सहरी स्वास्थ्य केन्द्र संचालनका लागि भवन हस्तान्तरण गरिएको हो।

नेपाल गुम्बा विकास समितिका अध्यक्ष खेल्पो गेसी युप्टेन जिगडोल, नगर प्रवक्ता नवराज भट्टराई ,कार्यपालिका सदस्य शान्ता ढकाल , नेपाल बौद्ध महायान केन्द्रका उपाध्यक्ष ग्याल्सेन लामा ,वडा सदस्यहरु बिनोद कुमार तामाङ्ग , रत्ना नगर्ची , नेपाली कांग्रेस वडा नं ११  सभापति  राधेश्याम कार्की , नेकपा एमाले वडा नं ११ का अध्यक्ष कृष्ण भट्टराई ,माया दया क्लिनिकका महासचिव साङ्गे तेन्जिङ्ग शेर्पा लगायतको उपस्थितिमा भएको कार्यक्रममा वडा कार्यालयका तर्फ बाट मयादया क्लिनिकलाई  धन्यवाद सहित सम्मान पत्र पनि प्रदान गरिएको थियो।

वडा नं ११ का सदस्य बिमल लामाले संचालन गरेको उक्त कार्यक्रममा मायादया क्लिनिकले ३० वर्ष देखि निरन्तर प्रदान गर्दै आएको सेवा बन्द गरेर मृगौला सम्बन्धि उपचार केन्द्र संचालनको तयारी गरिएको जानकारी दिइएको थियो।

 

तपाइँको प्रतिक्रिया ।