सिन्धुपाल्चोक सुकुटेमा दुर्घटनामा परी शनिबार एकजनाको मृत्यु

कपन अनलाइन

काठमाडौं, श्रावण १०।

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटनामा परी शनिबार एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ का २४ वर्षीय मोटरसाइकल चालक एल केशमगरको मृत्यु भएको हो । धुलिखेल अस्पतालमा उपचारको क्रममा शनिबार साँझ साढे सात बजे उनको मृत्यु भएको जनाइएको छ । घाइते भएका मोटरसाइकलमा पछाडि सवार व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटे बजारमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिएको थियो । सुकुटेबाट बन्देउतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२ ०१८ प ४८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।