राष्ट्रपति भेटेर प्रधानमन्त्री दाहाल निवास पुगे
काठमाडौं, जेठ १४ राष्ट्रपति रामवरण यादवसँग प्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान राष्ट्रपति भवन शितलनिवासमा पुगी भेट गरेका छन्। भेटका अवसरमा प्रधानमन्त्री
ले पछिल्लो राजनीतिक अवस्था बारे राष्ट्रपतिलाई अवगत गराएका थिए।
ले पछिल्लो राजनीतिक अवस्था बारे राष्ट्रपतिलाई अवगत गराएका थिए।शितल निवासमा राष्ट्रपतिलाई भेटेलगत्तै प्रधानमन्त्री भट्टराई लाजिम्पाटस्थित एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेका थिए। त्यहाँ प्रधानमन्त्री र अध्यक्ष दाहालबीच गोप्य कुराकानी भएको छ।
संविधान निर्माणका सन्दर्भमा सङ्घीयतालाई लिएर दलहरूबीच विवाद भइरहँदा संविधान जारी हुने वा नहुने भन्ने अन्यौलबीच प्रधानमन्त्रीले उच्च तहमा परामर्श गरेका हुन्।
तपाइँको प्रतिक्रिया ।
