अनेरास्ववियुका केन्द्रीय सदस्य गुप्तामाथि हमला

 जेठ १४- एमाले अनेरास्ववियुका केन्द्रीय सदस्य उमेश गुप्तामाथि आइतबार बिहान साङ्घातिक हमला भएको छ। घाइते गुप्ताको अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनको टाउको, पेट, र पिठ्युँमा चोट लागेको छ।

गुप्तामाथि बिहान ११ बजेतिर लगभग ३० जनाको समूहले वीरगन्ज वाइपासको ब्रह्मचोकमा लठ्ठी, ढुङ्गालगायत् धारिलो हतियारले हमला गरेका थिए।

उक्त हमलाको कारणबारे थाहा नभए पनि शनिबार मात्र एमाले युवा सङ्घको जिल्ला समिति गठनको विषयलाई लिएर दुई पक्षबीच हात हालाहाल भएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीचको बैठकपछि विवाद समाधान भएको थियो।

 

तपाइँको प्रतिक्रिया ।