गोकर्णेश्वरको तारेभिर क्षेत्रमा लायन्स क्लब अफ काठमाडौं डाँफे र समुन्नत जालपादेबी युवा क्लबको वृक्षारोपण सम्पन्न

गोकर्णेश्वरको तारेभिर क्षेत्रमा लायन्स क्लब अफ काठमाडौं डाँफे र समुन्नत जालपादेबी युवा क्लबको वृक्षारोपण सम्पन्न

कपन अनलाइन

काठमाडौं श्रावण १० । गुरु पुर्णिमाको अवसर पारेर  गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिर क्षेत्रमा वृक्षारोपण गरिएको छ । शनिबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफे र समुन्नत जालपादेबी युवा क्लबको संयुक्त आयोजनामा  तारेभिर क्षेत्रका पहिरो जोखिम स्थानहरुमा वृक्षारोपण गरिएको हो ।  हरियाली प्रवर्धन तथा पहिरो रोकथामका लागि  लायन्स क्लब अफ काठमाडौं डाँफेले बार्षिक रुपमा वृक्षारोपण कार्य गर्दै आएको र यस पटक  जालपादेबी युवा क्लब संगको सहकार्यमा  करिब १२० वटा बिभिन्न प्रजातिका बिरुवा  वृक्षारोपण गरिएको  लायन्स क्लब अफ काठमाडौं डाँफेका अध्यक्ष बच्चुराम शर्मा कुइकेलले जानकारी गराए ।

 अहिलेको युगमा कार्बन डाईअक्साईड र एसीड अत्याधिक रहेको हुनाले वातावरण  सन्तुलनका लााग अक्सिजनको मात्रा घटेका कारण वृक्षारोपण गर्न अनिवार्य रहेको पनि बताएका छन ।आफै पैसा संकलन गरी  लायन्स क्लबले  समाज विकासमा महत्वपुर्ण भुमिका खेलेको बताउँदै वृक्षारोपण संगै विरुवा संरक्षणमा स्थानीयको सहयोग आवश्यक हुने भएकोले बिरुवा संरक्षणमा सहयोग गर्न समेत अनुरोध गरेका छन  । कार्यक्रममा लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।