कोरोना खोपको अनलाइन फारम भर्न नेकपा एमाले बुढानिलकण्ठले १३ वडामा स्वयंसेवक परिचालन गर्ने

कपन अनलाइन

काठमाडौं, श्रावण १०।

कोरोना खोपको अनलाइन फारम भर्न नेकपा एमाले बुढानिलकण्ठले १३ वडामा स्वयंसेवक परिचालन गर्ने भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाका विभिन्न स्थानमा इन्टरनेट सुविधा सहितको टोली परिचालन गरेर साउन ११ गते बिहान ७ बजे देखि खोपको लागि प्रतिक्षारत नगरवासीको नाम दर्ता गराइने नेकपा एमाले बुढानिलकण्ठले बताएको छ।

प्राविधिक समस्या र अन्य कारणहरुले गर्दा धेरै नगरवासीले खोपका लागि अनलाइन फारम भर्नका लागि समस्या भोगेको महसुस गर्दै स्वयंसेवक टोलीनै परिचालन गरेर सहयोग गर्न लागेको नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले बताएका छन।

काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको अवस्थामा सहजीकरणका लागि अभियान संचालन गर्न लागेको जानकारी दिदै अध्यक्ष डंगोलले तल दिइएको नम्बरमा सम्पर्क गरेर सहयोग लिनका लागि अनुरोध गरेका छन।

१८ वर्षभन्दा माथिका नागरिकले https://vaccine.mohp.gov.np मा गएर अनलाइन दर्ता गर्न सकिन्छ।

१३ वडाका शाखा अध्यक्षहरुको सम्पर्क नम्बर :  

वडा नं  १.हरि भारती : ९८५१०३९४०८

वडा नं २. राजेन्द्र श्रेष्ठ : ९८५१०२९५३८

वडा नं ३.गणेश कुँवर :९८४१४५३४१६

वडा नं ४. कमला पन्त : ९८४११५०६४९

वडा नं ५.नारायण दुलाल : ९८४१५०१७२२

वडा नं ६.प्रशान्त डंगोल : ९८५१०४२१३५

वडा नं ७.मंगलदास महर्जन :९८४१४५९१३०

वडा नं ८.बिनोद थापा : ९८५१२४४०२५

वडा नं ९. दिलिप थिङ्ग : ९८५१०१४१७३

वडा नं १०.जगत निरौला : ९८५१०६८०३३

वडा नं ११. कृष्ण भट्टराई : ९८५१०३२३८४

वडा नं १२.शंकर भट्टराई : ९८५१११५६३२

वडा नं १३. टिकेस नारायण श्रेष्ठ : ९८५१००५६७४

तपाइँको प्रतिक्रिया ।