सांसद गगन थापाको गम्भीर मौनताले काठमाण्डौ-४ कांग्रेसमा छटपटी

कपन अनलाइन

काठमाण्डौ ,साउन ९।

काठमाण्डौ क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता गगन कुमार थापाको मौनताले नेपाली कांग्रेसमा छटपटी देखिएको छ।

क्षेत्रीय अधिवेशनको मिति नजिकिदै गर्दा केहि नेताहरुले सार्वजनिक र संचार माध्यम बाट दावी प्रस्तुत गरेपनि सांसद  थापाको मौनताले भावी नेतृत्वको संकेत नपाउदा उनीहरुमा निकै छटपटी देखिएको चर्चा क्षेत्रमा चलिरहेको छ।

क्षेत्रीय सभापति राजु श्रेष्ठले काठमाण्डौ जिल्ला सभापतिमा दावी गर्दै काठमाण्डौ-४ का १२ वटै वडा,दुई प्रदेस समिति र क्षेत्रीय समितिमा सर्वसम्मत नेतृत्व चयन गर्ने बताउदै आएका छन।

गत स्थानीय निर्वाचनमा क्षेत्रका १२ मध्ये २ वडामा मात्र विजयी बन्दा क्षेत्रमा निकै प्रतिकुल अवस्थाको सामना गरेका थापाले यस पटक करिव २२३ दिनपछि आउने स्थानीय तहको निर्वाचन लक्षित गरेर नेतृत्व चयन गर्ने तयारीमा रहेको हुनसक्ने नेपाली कांग्रेसका एक क्षेत्रीय सदस्यले बताएका छन।

काठमाण्डौ क्षेत्र नं ४ को सभापतिमा केहि नेताहरुले सार्वजनिक रुपमा दावी प्रस्तुत गरेका छन भने केहि आन्तरिक छलफल र तयारीमा रहेका छन। तर सांसद थापाको मौनता र क्षेत्रीय सभापति श्रेष्ठको अडानका कारण कुनै सिंग्नल नपाउदा उनीहरुको दावी अहिले सम्म व्यक्तिगत आकांक्षा मात्र बन्न पुगेको छ।

काठमाण्डौ क्षेत्र नं ४ को बुढानिलकण्ठ नगरपालिकामा बेला बेलामा बाहिर नै प्रकट हुने आन्तरिक विवाद अन्त्य  र खरो अनि दरो प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसलाई उठाउनु पर्ने भन्दै अहिले सम्म काठमाण्डौ क्षेत्र नं ४ को सभापतिमा श्यामकृष्ण संगत र केशवराज पाठकले दावी गरेका छन भने बिनोद चालिसे,इन्द्र बहादुर थापा र अच्युत पौडेलले पनि आन्तरिक तयारी थालेको बताइन्छ।

क्षेत्रीय सचिव श्यामकृष्ण संगतले यसपटक सभापति नछाड्ने दावी गर्दै सार्वजनिक रुपमा नै सांसद थापालाई सहयोगको आग्रह गरेका छन भने केशवराज पाठकले पनि फरक शैली र संगठन सहितको रचनात्मक र हस्तक्षेपकारी काठमाण्डौ-४ कांग्रेस बनाउने भन्दै सभापतिमा दावी गरेका छन।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।