भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल भेटियो

भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल भेटियो

कपन अनलाइन

काठमाण्डौ ,साउन ९।

भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुको जंगलमा काफलको रुखमुनी मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

काफलको रुखमा डोरी झुण्डिएको अवस्थामा त्यसको तल मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए । रुखमुनि मानव कंकाल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि महानगरीय प्रहरी बृत जगातीबाट प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमाण्डमा गएको प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको डिएसपी गिरीले बताए ।

घटनास्थलमा रातो रंगको म्याजिक चप्पल र माटो लागेका केही कपडा पनि फेला परेको छ । मानव कंकाल परीक्षको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट, भक्तपुर लगिएको छ ।

तपाइँको प्रतिक्रिया ।