काठमाडौं क्षेत्र नं ५ को सभापतिमा मनिष जोशीको दावी

काठमाडौं क्षेत्र नं ५ को सभापतिमा मनिष जोशीको दावी

कपन अनलाइन

काठमाण्डौ ,साउन ८।

नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं ५ को  सभापतिमा मनिष जोशीले दावी गरेका छन।

नेपाली कांग्रेसलाई चलायमान बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउन उम्मेदवारी दिने बताएका जोशीले  जनताको मन जित्न सक्ने, हरेक समस्यामा जुध्न सक्ने, प्रतिस्पर्धी पार्टीहरूसँग सबै विषयबाट मुकाबिला गर्न सक्ने अब्बल युवा नेतृत्व आउनुपर्नेमा जोड दिदै आएका छन।

नेपाल लोकतान्त्रिक खेलकुदका सचिव समेत रहिसकेका जोशी राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।   २०७२ सालमा आएको विनाशकारी भूकम्पमा व्यक्तिगत र गजराज ट्रस्ट मार्फ़त उनले गरेको योगदान र विपद् व्यवस्थापनको संयोजकका रूपमा टोखा र काठमाडौँ र नुवाकोटका विभिन्न स्थानहरूमा पाल, त्रिपाल र औषधि सहित राहत वितरण गरेका थिए।

त्यस्तै जोशीको सक्रियतामा टोखा , बुढानिलकण्ठ , मैतीदेवी र नक्सालको मन्दिरमा बट बृक्ष (देव बृक्ष/बर बृक्ष) को चौतारा निर्माण, बिभिन्न प्रकारका फूल, बिरूवा रोपन, नियमित ब्यायाम गर्ने स्थलको निर्माण तथा श्रद्धालुहरु नुहाउने पोखरी समेतको सौन्दर्यीकरण सहित  सर सफ़ाई आदि कार्यक्रम पनि सम्पन्न भएका छन  ।

कोभिड -१९ संक्रमण कालमा  जनताहरूलाई घर दैलोमा पुगी चामल, हेन्ड सेनिटाईजर र मास्क वितरण गर्दे  चण्डेश्वरी अस्पतालमा अक्सिजन सिलिन्डरको व्यवस्था गर्न पहल गरेका जोशीले  मार्सल आर्ट्स, फुटबल र म्याराथनमा रास्ट्रिय / अन्तर्राष्ट्रिय पहिचान बनाएका छन।

 

तपाइँको प्रतिक्रिया ।