कागेश्वरीका निर्वाचित जनप्रतिनिधिहरुलाई लागि अपांगता समावेशीकरण तथा विकास बिषयक अभिमुखीकरण
कपन अनलाइन
काठमाडौँ, श्रावण ८ ।दिगो विकास लक्ष्य प्राप्तिमा हाम्रो सहभागिता शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीतिक अधिकारमा दृष्टिबिहीन भएका ब्यक्तिहरुको पहुँच सुनिश्चितता भन्ने नाराको साथमा कागेश्वरी मनोहरा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिका लागि अपांगता समावेशीकरण तथा विकास बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।बिहिबार नेपाल नेत्रहीन संघको आयोजनामा नर्लिंग रिसोर्टमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल नेत्रहिन संघका महासचिवले बिभिन्न प्रकारका अपागंताहरुको लागी सम्मान पुर्बक बाच्नका लागी राज्यले सम्बिधानमै उल्लेख भएका धारा ६ मा समानताको हक,धारा २४ मा बिभेद बिरुद्दको हक अन्तर्गत अपागंता भएको कारण कसैले बिभेद गरेमा दण्डहुने ब्यबस्थाको बारेमा जानकारी गराएका थिए।
त्यसैगरी धारा ३१ मा उच्च शिक्षा सम्म निःशुल्क शिक्षा ,धारा ३९ मा अरु बाल बालिका सरह बाँच्न पाउने हक,धारा४२ मा सामाजिक न्यायको ,धारा ४३ मा सामाजिक सुरक्षाको हक हुँदै धारा ८४ मा प्रतिनिधि सभाको बन्द सुचि र अन्तिम बन्दसुचीमा समेत अपागंता समाबेशीकरण गर्नु पर्ने बाघ्यात्मक परिस्थिति को ब्यबस्था गरेको , त्यस्तै धारा ८५ मा राष्ट्रीय सभा मा समेत प्रतिनिधित्व को गरेको उल्लेख गर्दै स्थानिय सरकार संचालन एैन २०७४ ले पनि अपागंता समाबेशीकरण लाई महत्ब दिएको जानकारी गराए।
कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिका भित्र नेत्रहिन महिला छात्रावास निर्माण भइरहेकोमा खुसी ब्यक्त गर्दै सो भवन अबलोकन गरी नगरपालिकाको तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। उनले अन्य नागरिक सरह सम्मान पुर्वक बाँच्ने बातावरण निर्माणको लागि सबै प्रकारको सहयोगी भुमिका निर्बाह गर्ने बताएका थिए ।कार्यक्रममा नगर वडा सदस्य कमला दाहाल, महिला बालबालिका शाखा प्रमुख अनिता तामागं, वडा अध्यक्षहरु श्रीकृष्ण चापागाई,कुन्दन खडका ,भाईकाजी अधिकारी, उप प्रमुख बिन्दु सिंखडा नगर सल्लाहकार भरत फुयाल लगाएतले सम्बोधन गरेका थिए ।