नेकपा एमालेको तेस्रो पुस्ताका नेताहरुले पार्टी एकता अभियान शुरु गरे

नेकपा एमालेको तेस्रो पुस्ताका नेताहरुले पार्टी एकता अभियान शुरु गरे

कपन अनलाइन

काठमाण्डौ ,साउन ८।

नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पार्टी एकता अभियान शुरु गरेका छन् ।अध्यक्ष केपी ओली र माधव नेपाल समूहका सांसदहरु बिहीबार दिउँसो सिंहदरबारमा बैठक गरी एकता दबाब अभियान शुरु गरेका हुन् ।

अभियानमा ओली समूहका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, एलपी साँवा, शान्ति पाख्रिन लगायत छन् भने नेपाल समूहका यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट, पवित्रा खरेल, नारायण खड्का लगायत छन् ।

पार्टी विभाजन रोक्न शीर्ष नेताहरुलाई दबाब स्वरुप यो अभियान शुरु गरेको र  निकट भविष्यमा यस अभियानलाई सशक्त बनाउने नेता यज्ञराज सुनुवारले बताएका छन् । साथै एकताका लागि अब सांसदहरुको हस्ताक्षर संकलन समेत गर्ने  योजना रहेको नेता सुनुवारले बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजै (बिहीबार) प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई ‘आममाफी’ दिएको घोषणा गर्दै अब पुराना विवाद विर्सेर पार्टी एकतामा फर्किन आग्रह गरिसकेका छन ।

तपाइँको प्रतिक्रिया ।