वीपीको विचार करेन्ट प्रभाह भए जस्तै : कलाकार श्रीकृष्ण सिम्खडा
कपन अनलाइन
काठमाडौं, श्रावण ७। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा बुधबार विपी स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाइदै आएको छ । विपी स्मृति दिवसको अवसरमा प्रत्येक बर्ष गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल स्थित वीपी संग्राहलयले पनि बिभिन्न कार्यक्रम आयोजना गर्ने गरेको भए पनि यस पटक भने कोरोना महामारीको कारण कुनै पनि औपचारिक कार्यक्रम भने आयोजना गरेन तर पनि बिपी प्रति र प्रजातन्त्र प्रति आस्था राख्ने बिभिन्न ब्यक्तिहरु भने वीपी संग्राहलय पुगी बीपीको शालिकमा माल्यार्पण सहित पुष्प गुच्छा अर्पण गरेका थिए ।
सुन्दरीजल पुगेका हास्यव्यंग्य कलाकार सर्जक सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले समेत वीपीको शालिकमा पुष्प गुच्छा अर्पण गर्दै बीपीले सुन्दरीजलको वीपी संग्राहलयबाट सत्यको लागि लडाई गरेको बताएका छन उनले बीपीको बिचार हिजो देखि नै करेन्ट प्रभाह भए जस्तै गरि प्रभाह भई रहेको जसले उज्यालो र इनर्जी दिन्छ उनले भने । बीपीले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको भन्दै सिंखडाले देश भरका प्रजातन्त्रबादी शक्तिहरुलाई बीपीको मार्गमा आवद्द हुन समेत अनुरोध गरेका थिए ।