नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रधानमन्त्री शेरबहादुर देउवालाइ बधाई तथा अनुरोध

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रधानमन्त्री शेरबहादुर देउवालाइ बधाई तथा अनुरोध

कपन अनलाइन

काठमाडौँ, श्रवण ६  । नेपाली कांग्रेस बाग़मती प्रदेश संसदीय दलले  प्रधानमन्त्री शेर बहादुर देउवालाइ प्रधानमन्त्रीमा नियुक्त भएकोमा  बधाई सहित सफल कार्यकालको शुभकामना दिएको छ। इतिहास देखि वर्तमान सम्म देशको हरेक विषम परिस्थितिमा नेपाली कांग्रेसले नेतृत्व लिदै देश र जनताको हितमा काम गरिरहेको तथ्य स्मरण गर्दै प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकार सम्पूर्ण जनजाति, भाषा, धर्म, लिंग समुदाय,  उत्पीडित बर्गको हो भन्ने प्रत्याभूति गराउने ढंगले काम अघि बढाउन अनुरोध समेत  गरेको छ ।

त्यसै गरि नेपाल कांग्रेसको नेतृत्वमा सरकार गठन भए संगै देश एबम बागमती  परदेशका जनताले प्रधानमन्त्री बाट आशा भरोसा गरेको उल्लेख गर्दै देश तथा बागमती प्रदेशका हितमा निम्न क्षेत्रमा बिशेष व्यवस्थाका लागि अनुरोध गरिएको अनुरोध पत्र बुझाइएको छ।  नेपाल कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता इन्द्र बहादुर  बानियाँको हस्ताक्षर भएकोउक्त अनुरोध पत्रमा प्रधानमन्त्री समक्ष  जनताको जीवन रक्षाको लागी कोरोना बिरुद्दको  खोप,दैनिक ज़्यालादारी गरी खाने मज़दूर बर्गको लागी राहत, महामारीले थलिएका अर्थतन्त्रलाई उकास्ने आर्थिक नीति, बिपद्का  कारण घरबारबिहिन भएका जनतालाई  तत्काल  पुनर्बास र उचित राहतको व्यवस्था  लगायतको माग राखी तत्काल व्यवस्था गर्नको  अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।