श्यामकृष्ण संगत भन्छन : क्षेत्रीय सभापतिमा नेता गगन थापा संग सहयोगको आशा छ

श्यामकृष्ण संगत भन्छन : क्षेत्रीय सभापतिमा नेता गगन थापा संग सहयोगको आशा छ

कपन अनलाइन

काठमाण्डौ ,साउन ६।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय सभापतिमा नेता श्याम कृष्ण संगतले शशक्त दावी रहने बताएका छन। क्षेत्र नं ४ को संगठनमा आफ्नो योगदानलाई केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गगन थापाको सहयोग हुने अपेक्षा रहेको भन्दै संगतले क्षेत्रका नेता तथा कार्यकर्ताहरुको प्रतिक्रियाले उत्साहित रहेको प्रतिक्रिया दिएका छन।

काठमाडौं महानगरपालिका वडा नं ८ जयबागेश्वरीमा बसोबास गरिरहेका संगतले ईकाई सभापती, क्षेत्रीय कोषाध्यक्ष र क्षेत्रीय सचिवका रुपमा आफुले  योगदान दिएको बताउदै यस पटक सबैको सहयोगमा क्षेत्रीय सभापति बन्न पाउनुपर्ने दावी गरेका छन।

२०५४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको वडा नं. ८ को वडा सदस्यमा निर्वाचित भएका ५४ वर्षीय संगतले स्नातकत्तोर सम्म अध्ययन गरेका छन।

यसै क्षेत्र बाट नेता गगन थापाले केन्द्रीय पदाधिकारी र सभापति राजु श्रेष्ठले जिल्ला सभापतिमा लड्ने तयारी गरिररहेको समयमा निकै चासो र चर्चा पाइरहेको क्षेत्र नं ४ मा सभापती बन्नका लागि धेरै जना आकांक्षी देखिएका छन।

गगन थापाको आग्रहमा गत महाधिवेशनमा क्षेत्रीय सभापती पद छाडेको दावी गर्दै संगतले आफुले पार्टीलाई धेरै सहयोग गर्नुका साथै  धेरै पटक सहमतीका नाममा पद छाडेको स्मरण गर्दै  क्षेत्रीय सभापती नलडी नछोड्ने बताएका छन   ।

 

 

 

तपाइँको प्रतिक्रिया ।