पोखरा महानगरपालिकाले नगर प्रमुखको उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने

पोखरा महानगरपालिकाले नगर प्रमुखको उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने

कपन अनलाइन

काठमाडौं श्रावण ५ । पोखरा महानगरपालिकाले नगर प्रमुख मानबहादुर जिसीको स्वास्थ्य लाभको कामना सहित  उपचारका लागि  १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मस्तिष्कघात भएपछि नगर प्रमुख मानबहादुर जिसीको हाल  काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । पोखरा महानगरको मंगलबार बसेको ५१औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट उक्त रकम खर्च गर्ने निर्णय भएको महनगरका प्रवक्ता धनबहादुर नेपालीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । शुरुमा मेयर सचिवालयले हृदयघात भनेर सूचना प्रवाह गरे पनि मणिपालमा मस्तिष्कघात भएको पुष्टि भएको थियो । उच्च रक्तचापका कारण नसामा असर परेको देखिएको थियो । नसाकै कारण उनको शरीरको देब्रे भागमा पनि समस्या देखिएको थियो ।

तपाइँको प्रतिक्रिया ।