नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं १ इकाई समितिको सभापतिमा सम्झन पोखरेलको दावी

नेपाली कांग्रेस  गोकर्णेश्वर वडा नं  १ इकाई समितिको सभापतिमा सम्झन पोखरेलको दावी

कपन अनलाइन

काठमाडौं श्रावण ५ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको  छ । महाअधिवेशन नजिकिन लाग्दा काङ्ग्रेसका नेता, कार्यकर्ताहरु पूर्णरूपले अधिवेशनकेन्द्रित हुन थालेका छन् । काठमाडौं क्षेत्र नं ३मा नेपाली  काँग्रेसका  नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ । अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा छलफल गरिरहेका छन।

त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को  गोकर्णेश्वर नगरपालिका   वडा नं १ इकाई समितिको सभापतिमा हालका मनोनित इकाई  सचिब समेत  रहेका सम्झन पोखरेलले  दाबी गरेका छन। नेपाली कांग्रेसलाई  चलायमान बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै पोखरेलले नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढीरहेको समयमा युवा नेतृत्व आवश्यक रहेको र आसन्न चुनावमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफूले इकाई  सभापतिको दावि  गरेको बताएका छन। उनले आफूले युवापुस्ताको आवाज बोक्दै अग्रजहरुलाई सम्मान दिएर कार्य गर्ने   बताउछन ।

विभिन्न अभियानहरुको अग्रमोर्चामा सक्रिय रहदै आएका पोखरेल सामाजिक  काममा समेत उत्तिकै रुची राख्छन  स्थानीयस्तरमै नेता तथा कार्यकर्ता सक्रिय भएमात्रै पार्टी चलायमान  हुने बताउने  उनि इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर  एक ढिक्का हुदै  पार्टीको नीतिनियम अनुसार चल्ने बताएका छन । महाधिवेशन नजिकिदै गर्दा  उनले सबैलाई मिलाएर सुदृढ नेपाली कांग्रेस निर्माण गर्नको लागि काठमाण्डौ क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिका  वडा नं १ इकाई समितिको सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी दिदै सहयोग को अपेक्षा समेत गरेका छन ।

तपाइँको प्रतिक्रिया ।