नागार्जुन नगरपालिकामा तेक्वान्दो प्रशिक्षक र खेलाडीहरु सम्मानित

नागार्जुन नगरपालिकामा तेक्वान्दो प्रशिक्षक र खेलाडीहरु सम्मानित

कपन अनलाइन

काठमाण्डौ ,असार ३१।

नेपालमा सम्पन्न तेहौ्र दक्षिण एशियाली खेलमा नागर्जुन नगरपालिका भित्र बसोबास गर्ने ६  पदकधारी खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन् । तिन महिना अगाडी सम्पन्न गरिएको विर गणेशमान राष्ट्रिय बक्सीङ्ग प्रतियोगीताको समिक्षा तथा सम्मान कार्यक्रम कलंकी स्थित अम्रेला इभेन्ट्स  श्री विर गणेशमान सिंह फाउन्डेसनका केन्द्रिय सदस्यश्री प्रभाष मान श्रेष्ठको विशेष आतिथ्यता माकार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा विर गणेशमान बक्सीङ्ग प्रतियोगीतामा सहयोग गर्नु हुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै तेह्रौ दक्षिण एशियाली खेलका स्वर्ण पदकधारी तेक्वान्दो खेलाडी  सन्जीला तिमल्सिना र जुडोका देविका खड्का जनही  २५ हजार  त्यस्तै  जुडोकै रजत पदकधारी इन्द्र बहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले जनही १५ हजार, तेक्वान्दोका अस्मिता खड्का र अश्मिन राउतले १० हजार र तेक्वान्दो प्रशिक्षक  नोर्बु लामाले ५५ हजार  नगद सहित सम्मान पत्रद्धारा सम्मानित भएका थिए ।

तेक्वान्दो प्रशिक्षक लामा विगत २५ वर्षदेखि नागार्जुन ९ स्थित स्यूचाटार तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक हुनुहुन्छ भने  तेह्रौ दक्षिण एशियाली खेलमा पनि तेक्वान्दोको टिम प्रशिक्षक हुनुहुन्थ्यो । सम्मानित हुनुभएका तेक्वान्दोका तीन खेलाडि स्यूचाटार तेक्वान्दो डोजाङ्गका खेलाडीहरु हुन्।

उक्त कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयरमोहनबहादुर बस्नेतले खेलाडी राष्ट्रका गहना हुन् र पदकधारी खेलाडीहरुलाई सम्मान गर्न पाउदा हर्षित भएको र छिटै नै नगरपालिकालाई खेलकुदमय बनाउने धारणा  व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्का तथा जील्ला तथा नगर स्तरिय नेताहरुको साथै नार्गजुन ६,७,९ र १० का वडाअध्यक्षहरुको पनि उपस्थिती रहेको थियो ।

स्युचाटार तेक्वान्दो डोजाङ्गकाअध्यक्ष ईश्वर विडारी, कोषाध्यक्ष लव के.सी तथा प्रशिक्षकश्री सरोज बास्कोटाको पनि उपस्थिती रहेको थियो । कार्यक्रम तारकेश्वर युवा क्लबकाअध्यक्ष सन्तोष बुढाथोकीले संचालन गर्नु भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।