बुढानिलकण्ठ नगरपालिकामा दुइ खोप केन्द्र थपिए

बुढानिलकण्ठ नगरपालिकामा  दुइ खोप केन्द्र थपिए

कपन अनलाइन

काठमाडौँ, असार ३१। बुढानिलकण्ठ नगरपालिकाले कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लागि थप २ वटा खोप केन्द्र संचालनमा ल्याउने भएको छ। आज देखि श्रावण १ गते सम्म कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा खोप केन्द्रमा बढी   भिड भएको कारण थप २ वटा खोप केन्द्र संचालनमा ल्याउन लागेको नगर  प्रवक्ता  नवराज भट्टराईले जानकारी गराए ।

यस अघि नगरपालिकाले  बुढानिलकण्ठ स्वास्थ्य चौकी, चपली घुम्ती र करुणा अस्पताल घट्टचोक चुनिखेलमा बिहान १० बजे देखि बेलुका ४ बजे सम्म कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउदै आएकोमा आज देखि   थप दुइ वटा खोप केन्द्र  बाल उद्धार माबि, बुनपा १०, कपन र गणेश मावि, गणेश चोक, बुनपा २ बाट खोप प्रदान गर्न लागिएको प्रवक्ता भट्टराईले जानकारी गराएका छन।

नगरपालिकाले ५५ वर्ष माथिका एक मात्रा पनि खोप नलगाएका ब्यक्तिहरु, विश्वबिद्यालय, बिध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक सहचालकहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरु र खोप अनिवार्य गरेको देशमा जाने व्यक्तिहरुका लागि कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइरहेको छ।

तपाइँको प्रतिक्रिया ।