नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ ( १ ) को सभापतिमा अनमोल श्रेष्ठको दावी

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ ( १ ) को सभापतिमा अनमोल श्रेष्ठको दावी

कपन अनलाइन

काठमाडौँ, असार ३१। काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको  छ ।

क्षेत्रीय सभापति पद देखि इकाइ र नगर समितिका सभापतिका लागि भेटघाट, छलफल तथा चलखेल तीव्र चलिरहेको  छ भने केही  नेताहरु आफूलाइ नेतृत्वको रूपमा दावी पनि गरिरहेका छन् ।

त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ बाट प्रदेश क सभापतिमा नेपाल तरुण दल  काठमाडौं जिल्ला  उपाध्यक्ष अनमोल श्रेष्ठले पनि दाबी गरेको श्रोतले बताएको छ ।

नेपाल तरुण दल काठमाडौं जिल्ला कार्यालय सचिब हुँदै हाल उपाध्यक्ष रहेका श्रेष्ठ नेपाली कांग्रेस ६ नं इकाईको पुर्व सभापति समेत हुन्। बौद्दनाथ क्षेत्र विकास समितिको सदस्य समेत रहेर काम गरिसकेका श्रेष्ठ लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य समेत हुन् ।

उनि संग अखिल नेपाल फुटबल संघ (एन्फा) अनुशासन समिति सदस्य र नेपाल प्रजातान्त्रिक महासंघ काठमाडौं जिल्लाका अध्यक्ष भएर काम गरेको अनुभब रहेको छ ।

स्थानीय र जिल्ला अधिवेशन नजिकिदै गर्दा श्रेष्ठले आफ्नो क्षेत्रमा सबैलाई मिलाएर काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा  सुदृढ नेपाली कांग्रेस निर्माण गर्नको लागि उम्मेदवारी दिन लागेको श्रेष्ठले जानकारी गराएका छन  ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।