बुढानिलकण्ठका यी स्थानमा आज बाट कोरोना बिरुद्दको खोप लगाइने
कपन अनलाइन
काठमाडौँ, असार २९ । बुढानिलकण्ठ नगरपालिकामा २०७८ साल असार ३०, ३१ र श्रावण १ गते कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। बुढानिलकण्ठ नगरपालिकाका जन स्वास्थ्य शाखा प्रमुख कुमार दाहालका अनुसार २०७८ साल असार ३०, ३१ र श्रावण १ गते बुढानिलकण्ठ स्वास्थ्य चौकी, चपली घुम्ती र करुणा अस्पताल घट्टचोक चुनिखेलमा बिहान १० बजे देखि बेलुका ४ बजे सम्म कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको हो ।
भोलि देखि ५५ वर्ष माथिका एक मात्रा पनि खोप नलगाएका ब्यक्तिहरु, विश्वबिद्यालय, बिध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक सहचालकहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरु र खोप अनिवार्य गरेको देशमा जाने व्यक्तिहरुका लागि कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको हो ।