सेवामुखी राजनितीलाई स्थापित गर्न काठमाण्डौ जिल्ला सभापतिमा उठ्छु : राजु श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,असार २८।

नेपाली कांग्रेस  काठमाडौं क्षेत्र-४ का सभापति राजु श्रेष्ठले सेवामुखी राजनितीलाई स्थापित गर्नका लागि जिल्ला सभापतिमा उठने बताएका छन।

स्थानीय र जिल्ला अधिवेशन नजिकिदै गर्दा श्रेष्ठले आफ्नो क्षेत्रका इकाइ र क्षेत्रमा सबै नेतृत्व सर्व सम्मतिले चयन गरेर जिल्लाको नेतृत्व लिने तयारीमा रहेको बताउदै आगामी दिनमा राजनिती पेशा हैन उत्तम सेवा हो भन्ने मान्यता स्थापना गर्ने मुख्य उदेश्य रहेको बताएका छन।

पहिलो स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा कांग्रेसका  तर्फबाट उम्मेदवार समेत रहेका श्रेष्ठ इकाइ सभापति हुँदै क्षेत्रको नेतृत्वमा पुगेका हुन।

लामो समय देखि समाजसेवा , खेलकुद , अध्यात्म र राजनितीमा सक्रिय रहेका श्रेष्ठले सम्पदा प्रवर्द्धनको अभियान र कोरोना प्रकोपको समयमा ऐचो पैचो कार्यक्रम गरेर हजारौं जनताहरु लाई सेव पुर्याएका छन।

पछिल्लो समय राजनिती पेशा बन्दा यसले निकै ठुलो विकृति मौलाएको स्वीकार गर्दै श्रेष्ठले त्यो प्रवृत्ति अन्त्य काठमाडौं कांग्रेसबाट शुरु गर्न नेतृत्व दावी गरेको बताएका छन।

राजधानी रहेको काठमाडौं जिल्ला बाट मुल्य , मान्यता र सेवाको राजनीति स्थापित गर्न सके यसले देशलाई नै सभ्य राजनितिको बाटो देखाउने  विस्वास व्यक्त गर्दै श्रेष्ठले जिल्लाका ११ वटै स्थानीय तह र १० क्षेत्र बाट सकारात्मक प्रतिक्रिया आइरहेको बताएका छन

तपाइँको प्रतिक्रिया ।