इटाली युरो कपको बिजेता बन्यो

कपन अनलाइन

काठमाण्डौ ,असार २८।

इटालीले युरोकपको उपाधि जितेको छ । इटालीले पेनाल्टी सुटआउटमा इङल्याण्डलाई ३-२ गोलले पराजित गर्दै युरोकपको उपाधि जितेको हो ।

पेनाल्टी सुटआउटमा इटालीका आन्द्रे बेलोटी र जोर्जिन्होले पेनाल्टी मिस गरेका थिए । त्यस्तै इङल्याण्डका मार्कोस राशफोर्ड, जाडोन सान्चो र बुकायो साकाले पेनाल्टी मिस गरेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा इङल्याण्ड र इटालीबीचको खेल १-१ को बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

इङल्याण्डका लागि खेलको दोस्रो मिनेटमा नै लुक शाले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने इटालीका लागि खेलको ६७औ मिनेटमा लिओनार्दो बुनुचीले बराबरी गोल गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।