नेकपा एमाले स्थायी समिति बैठक भोलि सम्मका लागि स्थगित

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

नेकपा एमालेको आज बस्ने भनेको स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आइतबार अपरान्ह चार बजेका लागि बैठक बोलाइएको थियो । कार्यदलको बैठक जारी रहेकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिएका छन  ।

आजका लागि बैठक बोलाइए पनि माधव नेपाल पक्षले भने आफूहरु बैठकबारे अनभिज्ञ रहेको बताएको थियो । आजको बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी हुने बताइएको थियो । यता, एमालेभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक सिंहदरवारमा जारी रहेको छ ।

तपाइँको प्रतिक्रिया ।