पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंँदा एकको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,असार २५।

नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंँदा एकको मृत्यु भएको छ भने अर्का घाईते भएका छन ।स्कुटरमा पछाडि बस्ने भरतपुर महानगरपालिका वडा नम्बर १५ की विणु दवाडीको मृत्यु भएको छ भने सोही स्थानकी चालक जस्मिन न्यौपाने घाइते भएकी छिन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणढको पुल्चोकमा गैंडाकोटबाट चौबीसकोठी तर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भिर घाईते दवाडीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सवा दुईबजे मृत्यु भएको हो ।

चालक न्यौपानेको सोही अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन । दुर्घटना दिउसो पौने १ बजे भएको हो ।

 

तपाइँको प्रतिक्रिया ।