बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को इकाई सभापतिमा गोकुल बरुवालको दावी

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को इकाई सभापतिमा गोकुल बरुवालको दावी

कपन अनलाइन

काठमाण्डौ ,असार २४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का इकाई सभापति गोकुल बरुवालले  पुन : इकाई सभापतिमा  दावी गरेका छन।

लामो समय नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिमा सक्रिय रहेका बरुवालले वडाको संगठन र प्रभाव विस्तारका लागि एक कार्यकाल थप इकाईमा आफ्नो योगदान आवस्यक रहेको महसुस गर्दै इकाई सभापतिमा दावी गरेको बताएका छन।

गत स्थानीय तहमा वडा नं ८ को चुनावी नतिजालाई उल्टाउदै नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै बरुवालले इकाई संगै क्षेत्र नं ४ लाई पनि चलायमान बनाउन आफ्नो दावी रहेको धारणा राखेका छन।

करिव १० वर्ष नेपाल तरुण दलको क्षेत्रीय सभापति रहेका बरुवाल वडा नं ८ को भौतिक र सामाजिक सहित समग्र विकासका लागि विभिन्न संघ संस्था तथा अभियानहरुको अग्रमोर्चामा सक्रिय रहदै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।